राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक आजै पारित गरिने

काठमाडौँ, २८ असार । राष्ट्रिय सभा बैठक बस्दै छ । बैठक आज  सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १०ः०१ बजेका लागि बैठक बोलाइएको हो ।  सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८०  पारित हुँदै छ । त्यसअघि आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको  सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।…