काठमाडौँ, २२ पौष । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले फागुनमा घोषणा गरिएको निर्वाचन प्रक्रिया अझै स्पष्ट गन्तव्यमा नपुगेको टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले चुनाव सुरुङमार्गको प्रवेशमै अल्झिएको जस्तो देखिएको उल्लेख गर्नुभएको छ । बास्कोटाले चुनावको कुरा २०८४ सम्मै मात्र सीमित हुने कि त्यसपछि पनि निरन्तर टर्दै जाने भन्ने अन्योल कायमै रहेको…