काठमाडौँ, २२ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गम्भीर विषयमा बोल्दा हेक्का नराख्नु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गल्ती भएको बताएका छन् । आज पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँगको कुराकानीमा बोल्दा सबैले ध्यान दिनुपर्ने बताए । प्रधानमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिका विषयमा उनले त्यस्तो बताएका हुन् । उनले भने, “यस्तो गम्भीर विषयमा बोल्दा सांसदले, सामान्य नागरिकले पनि…