प्रधानमन्त्रीद्वारा विपद्को पूर्वसूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ, २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधिको उच्चतमे विकासको युगमा विपद्को पूर्वसूचना प्राप्त गर्ने विभिन्न प्रविधिहरू भएपनि त्यसको प्रभावकारी अवलम्बन गर्न नसकेको बताए। उनले भने, ‘विपद्को पूर्वजानकारीसहित आवश्यक सचेतता अपनाउनुभन्दा…