काठमाडौँ, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् । पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र महाधिवेशन गर्ने कुरामा अडिग रहेको बताए । उनले भने, ‘कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्छौँ । संगठन विस्तारका धेरै कामहरु छन् । समय बाँकी…