काठमाडौँ, ७ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको बताएका छन् । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले सोही कारण उनी समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेको बताए । समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित…