काठमाडौँ, २७ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता टिकाउन अदालतको आदेश विपरित रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको बताएका छन् । आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरित चौधरीलाई…