जनतामाझ जाने अवसरलाई सदुपयोग गरौँ : महामन्त्री थापा

पोखरा, ९ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राप्त अवसरलाई सदुपयोग गर्दै परिणाम दिनेगरी जनताका काम गर्न कांग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री थापाले भने, “अब कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्नुपर्छ…