कांग्रेसले गर्‍यो नेता तथा कार्यकर्तामाथि गरेको कारबाही फिर्ता

काठमाडौँ, ५ बैशाख । नेपाली कांग्रेसले बारा, चितवन र तनहुँका नेता तथा कार्यकर्तामाथि गरिएको कारबाही फिर्ता गरेको छ । कांग्रेसका केन्द्रीय अनुशासन समितिले २०७४ र २०७९ सालका तीनै तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र पार्टीको हित विपरीत गतिविधिमा संलग्न रहेको भन्दै कारबाहीमा परेकाहरूको कारबाही फुकुवा गरिएको हो । अनुशासन समितिका संयोजक आनन्दप्रसाद…