तनहुँ, ५ बैशाख । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् । बैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ– १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु भोलि तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष…