एसईईलाई व्यवस्थित र भयरहित बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित र भयरहित बनाउन अपिल गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बन्धित सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अपिल गरेका हुन्। उनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत गरेका…