अब विधेयकमा जनताले राय दिन पाउने

काठमाडौँ, १० चैत । अहिलेसम्म कानुन निर्माणमा जनताका प्रतिनिधि मात्र संलग्न हुन्थे, उनीहरू नै जनताका तर्फबाट विधेयकमाथि छलफल, संशोधन र अनुमोदन प्रक्रियामा सहभागी हुन्थे । तर अबदेखि संसद्मा दर्ता हुने कुनै पनि विधेयकमा जनता प्रत्यक्ष जोडिने भएका छन् । जनताले विधेयकमाथि लिखित रूपमा सुझाव दिन सक्ने छन् । विधेयकमा कस्ताकस्ता कुरा समेट्नुपर्छ, केके त्रुटि छन्…