काठमाडौँ, १४ कार्तिक । माओवादीसँग एकताको विषयले एकीकृत समाजवादीमा मतभेद बढेको छ । समाजवादीका सम्मानित नेता झलनाथ खनालले एकतामा असहमति जनाएका छन् भने महासचिव घनश्याम भुसालले पनि राजनीतिक र वैचारिक आधारबिना भएको एकता धोका हुने भन्दै फरक मत राखेका छन् । माओवादीसँगको एकताले समाजवादीको अस्तित्व सकिने भन्दै खनाल, भुसालसँगै उपाध्यक्ष घनेन्द्र बस्नेतले असहमति जनाएका छन् ।…