अर्थमन्त्रालयमा वार्तापछि व्यवसायीहरूको आन्दोलन स्थगित

काठमाडौँ, १३ पौष । केही दिनदेखि आन्दोलनरत व्यवसायीहरूले बुधबारबाट आन्दोलन स्थगित गर्ने निर्णय गरेका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेतृत्वमा विराटनगर, मोरङ लगायतका व्यवसायीहरू र अर्थमन्त्री विष्णु पौडेलबीच भेट वार्ता भएको छ । व्यवसायीहरूले कात्तिकदेखि राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा सम्बन्धि व्यवस्थाको कार्यान्वयन तत्कालको लागि रोक्नु पर्ने माग…