रेशम छुटाउन ल्याउन लागेको अध्यादेशप्रति महामन्त्री शर्माको आपत्ति

काठमाडौँ, २६ मंसिर । रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । शर्माले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाउदै अध्यादेशबारे दलभित्र तथा पार्टीहरूबीच छलफल नभएकोमा र सरकारको कदमप्रति असहमति जनाएका हुन् । शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडकमा छँदा…