काठमाडौँ, २५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । आज काठमाडौँमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उल्लेख गर्दै अब नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने…