भक्तपुर, ८ मंसिर । आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेका किरण थापा विजयी हुनुभएको छ । भक्तपुर क्षेत्र नं. २ ‘क’ सूर्यविनायक प्रदेश सभामा एमालेका थापा विजयी हुनुभएको छ । थापाले गठबन्धनका साझा उम्मेदवार विष्णु कार्की (कांग्रेसका) लाई पराजित गर्नुभएको हो । थापाले १५ हजार एक सय १८ मत ल्याई विजयी हुनुभयो ।…