काठमाडौँ, २५ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनको वास्तविक प्रतिनिधिबारे अन्तरिम सरकार प्रष्ट हुनुपर्ने बताएका छन् । शनिबार उनले सामाजिक सञ्जालमा डा. भट्टराईले आन्दोलनका वास्तविक प्रतिनिधि चिनेर अगाडि बढ्न अन्तरिम सरकारलाई आग्रह गरेका हुन् । उनले विद्रोहको परिणाम के हुन्छ भन्ने चित्र प्रष्ट नभएको अवस्थामा अन्तरिम सरकारलाई विशेष ध्यान दिएर काम गर्न आग्रह गरेका…