आन्तरिक व्यवस्थापन राम्रो गर्न नकस्दा ५० सिट गुम्यो : अध्यक्ष दाहाल

काठमाडौँ, ३० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक व्यवस्थापन राम्रो गर्न नकस्दा ५० सिट गुमेको बताएका छन् । आज बिहान दिवंगत नेता पोष्टबहादुर बोगटीको ८ औं स्मृति दिवस समारोहलाई पार्टी मुख्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले गत स्थानीय निर्वाचनमा राम्रो व्यवस्थापन गर्न सकेको भए माओवादी देशको पहिलो कम्युनिष्ट पार्टी बनिसकेको हुने…