काठमाडौँ, १६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ साउन ८ गते जिल्ला समन्वय समिति (जिसस) सप्तरीका कर्मचारी ललनकुमार यादवलाई सप्तरीकै छिन्नमस्ता गाउँपालिकामा सरुवा गर्यो। साउन ११ गते बिहान उनले उक्त गाउँपालिकामा हाजिर गरे। तर त्यसै दिन साँझ मन्त्रालयले सरुवाको अर्को चिठी पठायो। उनलाई छिन्नमस्ताबाट पुनः जिसस सप्तरीमै पठाइयो। तर छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष…