काठमाडौँ, १४ साउन । सरकारले अर्को साता प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रको आग्रहमा निर्वाचन मिति घोषणामा केही दिन ढिला गरेको सरकारले आगामी साता मिति तोक्ने तयारी गरेको हो। मङ्सिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने गरी सरकारले…