पर्यटनमन्त्रीद्वारा पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ

काठमाडौँ, १२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका छन् । आज पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गरेका हुन् । मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले…