जबराले नाम लिएकाहरुलाई बोलाउने महाअभियोग सिफारिस समितिको निर्णय

काठमाडौँ, २८ भदौ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने भएको छ । आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा जबराले सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी, वरिष्ठ अधिवक्ताहरुलाई आरोपित गरेका थिए । समितिको आज बसेको बैठकले भोलि…