भक्तपुर, ७ साउन । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान पाँच दलीय गठबन्धनको सरकारले राष्ट्रघातको चाँङ लगाएको आरोप लगाउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल मध्यपुर थिमी नगरपालिका वडा नं. ५ कमिटी गठनको क्रममा आफ्नो धारणा राख्दै उहाँले गठबन्धन सरकार आएसँगै एमसीसी, एसपीपी तथा नागरिकताको विषयमा राष्ट्रघात गरेको दावी गर्नुभयो…