काठमाडौँ, १२ असोज । काठमाडौँ महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका सिटी मार्केटका पसलहरू खाली गर्न ३ महिनाको अल्टिमेटम दिएको छ । महानगरको राजस्व विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार, मार्केटलाई आय ठेक्कामा लगाउने सम्बन्धमा गणेश इलेक्ट्रोनिक्ससँग २०७९ पुस २२ गते सम्झौता भएको थियो । तर सम्झौताअनुसार कार्य नभएको र सो सिटी मार्केट भत्काई वडा कार्यालय भवन निर्माण…