छिटो दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौँ, १० असोज । प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भइसकेकाले छिटोभन्दा छिटो दल दर्ताका लागि आउन निर्वाचन आयोगले आह्वान गरेको छ । नयाँ राजनीतिक दल दर्ताका लागि कुनै कानुनी समस्या नरहेको तर समयको चाप रहेकाले छिटो तयारी गरेर आउन आयोगले आग्रह गरेको हो । राजनीतिक दलसम्बन्धी ऐनले तोकेका आवश्यक मापदण्ड पूरा गरेर दल दर्ता गराउन सकिने आयोगले जनाएको…