काठमाडौँ, ६ असार । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सभापति निरुदेवी पालले पाँच दलीय गठबन्धनको सरकारले चरम मूल्यवृद्धि तथा विद्यार्थीलाई पाठ्यपुस्तकसमेत पुर्याउन नसकेर जनतालाई ढाड सेक्ने काम गरेको भनदै आक्रोस जनाउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सभापति पालले वर्तमान गठबन्धनको सरकार बनेसँगै जनताले दैनिक रुपमा उपभोग्य सामाग्री तथा पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धि…