काठमाडौँ, २७ जेठ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान पाँच दलीय गठबन्धनको सरकारले जनतालाई भोकै मर्ने अवस्था बनाएको आरोप लगाउनुभएको छ । आजको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरी जनताको ढाड सेकेको भन्दै आक्रोस जनाउनुभयो । मुलुकमा आर्थिक संकट भइरहेको समयमा जनतालाई…