काठमाडौँ, १९ जेठ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माको डायरीका हरेक पानामा विद्यार्थीका नाम लेखिएका छन् । ती नाम निजी शिक्षण संस्थामा छात्रवृत्तिका लागि ‘सोर्स’ लगाइदिन भनी टिपाइएका हुन्। फलानो स्कुललाई छात्रवृत्तिका लागि भनिदिनु पर्यो भन्न अभिभावकहरू उनीकहाँ आउँछन् । दैनिक पाँच जनासम्मको नाम टिप्ने गरेको जानकारी दिँदै उनले आफ्ना कोट, पाइन्टका…