गोरखा, ३१ बैशाख । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा–१ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्दप्रसाद भट्टराईले ३४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ…