काभ्रेमा काँग्रेसले थाल्यो ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’

काठमाडौँ, २ चैत । नेपाली काँग्रेस काभ्रेले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’ लिएर गाउँगाउँमा पुगेको छ । आसन्न निर्वाचन लक्षित यस अभियानअन्तर्गत यहाँका  १३ स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना बनाएको जनाइएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छ । सबै क्षेत्रमा एकैसाथ अभियान सञ्चालन गरिएको उपसभापति रमेशप्रसाद हुमागाईँले बताए ।…