काठमाडौँ, ११ फागुन । सत्तारूढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारको भविष्य जोखिममा पर्नेगरी निर्णय लिएका छन् । माओवादी केन्द्रको फागुन ४ गते बसेको संसदीय दलको बैठकले एमसिसीमा सरकारले जबर्जस्ती गरे गठबन्धन भत्किने र आफूहरू सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यथास्थितिमा एमसिसी संसद्मा टेबुल गर्नसमेत नहुने उसको मत थियो…