काठमाडौँ, २५ माघ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लेखेको पत्र सार्वजनिक भएपछि दबाबमा परेका नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसै विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ । बैठक माघ २८ र २९ गते काठमाडौंको प्रज्ञा भवन कमलादीमा बस्दैछ । केन्द्रीय समिति बैठक पदाधिकारी चयनलगायतका विषयमा टुंगो लगाउन…