२१ जिल्लामा ९०७९ रोपनी अतिक्रमण : खोलादेखि मसानघाटसम्म कब्जा

काठमाडौँ, १४ पौष । सरकारी, सार्वजनिक र गुठी जग्गा २१ जिल्लामा ९ हजार ७९ रोपनी १० आना अतिक्रमण भएको छ। भूमाफियाले चलखेल गरी कर्मचारी, नेताको मिलेमतोमा मसानघाटदेखि खोलासम्मको जग्गा हडपिएको सरकारी अध्ययनले देखाएको छ। तर, यससम्बन्धी प्रतिवेदन सरकारले दुई वर्षसम्म सार्वजनिक गरेको छैन। सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका ती प्रतिवेदन अन्नपूर्ण पोस्ट्लाई प्राप्त…