काठमाडौँ, ८ पौष । मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्र्याकबाट अगाडि बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता भएको छ । मेलम्ची आयोजना मर्मत चाँडो सम्पन्न गरेर उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्ट ट्र्याकबाट मर्मतको काम अगाडि बढाउन सो प्रस्ताव पेश भएको हो । खानेपानी मन्त्रालयले आगामी चैतभित्र मेलम्चीको पानी उपत्यकामा आउने दाबी गरे पनि हालसम्म सुधारका काम बढाउन…