काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् । यसअघि नेता पौडेलले महाधिवेशनको उदघाटन समारोहमा सहभागी नहुने बताएका थिए । सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनस्थलमै नजाने बताएका थिए ।