काठमाडौँ, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका छन् । आज बिहान ११ बजे मन्त्री आले धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि त्यहाँ पुगेर निरीक्षण गरेका हुन् । आफैं धर्मशाला पुगेका उनले सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने बताए ।…