काठमाडौँ, २९ पौष । अध्यागमन विभागले नयाँ भेरियन्ट भएका मुलुकमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको छ । विभागले सरकारको निर्णयअनुसार कोभिड–१९ को सङ्क्रमण विभिन्न मुलुकमा फैलिरहेका सन्दर्भमा त्यसको रोकथाम गर्ने उद्देश्यले विभागले बुधवार एक सूचना जारी गरी अर्को व्यवस्था नभए सम्मका लागि सचेत हुने यसरी अनुरोध गरेको हो ।…