प्रधानमन्त्री देउवाद्वारा अध्यक्ष ओलीलाई प्रस्ताव : ‘एमसीसी अनुमोदन गरौं’

काठमाडौँ, २५ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को अवरोध फिर्ता लिई अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने प्रस्तावमा सहयोग गर्न विपक्षी एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव गरेका छन्। शनिबार बिहान नेता ओलीकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले यस्तो प्रस्ताव गरेका हुन्। सभामुख अग्नि सापकोटाको ‘भूमिका’ माथि प्रश्न उठाउँदै एमालेले भदौ २३ देखि संसद् अवरोध…