काठमाडौँ, १० पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमज जस्ता पर्वहरुले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको लागि शुभकामना व्यक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा…