न्यूयोर्क, १३ असोज । परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्नेमा जोड दिनुभएको छ । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री खड्काले एमसीसीबारे कतिपय भ्रम समेत रहेकोले त्यसलाई सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताउनुभयो । एमसीसीलाई धेरै गिजोल्न तिर लाग्न नहुने बताउँदै उहाँले यो एक दलले मात्र गरेर नहुने स्पष्ट पार्नुभयो । उहाँले…