भोलिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ : प्रवक्ता महरा

काठमाडौँ, ६ असोज । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन् । आज पार्टीको स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले भोलिसम्म मन्त्रिपरिषद विस्तारको काम सकिने बताएका छन् । उनले भने, ‘अध्यादेशको कारणले डिले भएको थियो । अब त्यो काम करिब करिब सिद्धियो । आज र भोलिसम्म सरकार विस्तारको कम…