काठमाडौँ, २४ असोज । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले संसदले संसदीय मुल्य मान्यताअनुरुप काम गर्न नसकेको स्वीकार गर्दै चुनावमा जानुपर्ने बताउनु भएको छ । उहाँले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको हो । कांग्रेस काठमाडौं महानगरपालिका २२ नम्बर वडाद्वारा आयोजित कार्यक्रममा बोल्दै सिंहले विगतका कमीकमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको,…