काठमाडौँ, १० असोज । हुम्लाको लिमीमा नेपाल र चीनबीच सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच समितिका संयोजकसमेत रहेका गृह मन्त्रालयका सह–सचिव जयनारायण आचार्यले गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् । हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिमा नापी विभागका उपमहानिर्देशक…