काठमाडौँ, ६ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एमालेलाई फुटाउने अध्यादेश ल्याए त्यसको विरुद्ध मुलुकभर आगो बल्ने चेतावनी दिनुभएको छ । आज काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बतउनुभएको हो । एमालेलाई फुटाएर आफ्नो राजनीतिक भविष्य देख्ने प्रधानमन्त्री शेरबहादुर देउवा,…