लुम्बिनी सरकारमा हलचल: मुख्यमन्त्री पोखरेल अप्ठयारोमा

काठमाडौँ, १९ असार । लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् । राज्यमन्त्री रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएकी हुन् । ‘तपाईं मुख्यमन्त्री रहेको प्रदेश सरकारमा मसमेत मन्त्री भएर कामकाजमा सहयोग गरी आएकोमा जनता समाजवादी पार्टी, नेपालको तपाईं नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकाले मैले तपाईंको सरकारमा पार्टीको समर्थन र…