एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक

काठमाडौँ, १३ असार । नेकपा एमालेले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले बैठक असार १६ गते काठमाडौँमा बोलाएको जानकारी दिनुभयो । बैठकमा पछिल्लो राजनीतिक स्थिती, कोभिड १९ र प्राकृतिक प्रकोपका विषयमा छलफल भएको छ । सो विषयमा निर्णयका लागि आयोजक कमिटीको बैठक…