काठमाडौँ, २३ साउन । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान सवा ११ बजेका लागि बोलाइएको छ । बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री केपी शर्मा ओलीले “महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ । विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट…