काठमाडौँ, २४ जेठ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकालको उत्तरार्द्धमा आइतबार विशेष सम्बोधनमा तीन विषयमा जोड दिनुभएको छ । पहिलो, ‘स्वभाविकरुपमा नेतृत्व हस्तान्तरण गर्ने’ थापाले उद्घोष गर्नुभयो । दोस्रो, कार्यकालको पहिलो र दोस्रो वर्ष सार्वजनिक गरिएका महत्वाकांक्षी योजना कार्यान्वयनको स्थितिको फेहरिस्त उल्लेख गर्नुभयो । तेस्रो चाहिँ थापाले आफैंलाई मूल्यांकनको कसीमा राख्न चाहनुभयो । पारदर्शीरुपमा पूर्वघोषित प्राथमिकता…