काठमाडौँ, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भन्दै सच्याउन ध्यानाकर्षण गराएका गराउनुभएको छ । दुई हजार ५६५औं बुद्धजयन्ती र बुद्ध परिनिर्वाण तथा लुम्बिनी दिवसका अवसरमा सन्देश दिंदै प्रधानमन्त्री ओलीले बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको र बुद्धवादको…